रोनाल्डोलार्इ लाग्यो बलात्कारको आरोप, अब उनको खेल जीवन के हुन्छ ?


 


एजेन्सी, वैशाख २

पोर्चुगलका कप्तान तथा स्पेनिस क्लब रियल मड्रिडका स्ट्राइकर क्रिष्टियानो रोनाल्डोमाथि एक महिलालाई बलात्कार गरेको आरोप लगाउँदै एक जर्मन म्यागजिनले खबर छापेको छ ।

जर्मन म्यागजिन डेर स्पिएजेलले सन् २००९ मा एक महिलालाई बलात्कार गरेको र ती महिलालाई तीन लाख पाउण्ड स्ट्रलिङ दिएर सुल्झ्याएको आरोप लगाएको छ ।

रोनाल्डोले ती महिलालाई पैसा दिएर घटना गुपचुप राखेको म्यागजिनले आरोप लगाएको छ । तर रोनाल्डोले भने आरोप अस्वीकार गर्दै खबर पूरै कपोलकल्पित रहेको बताएका छन् ।

रोनाल्डोका एजेन्टले विज्ञप्ति निकालेर म्यागजिनमा छापिएको लेख जर्नालिस्टिक फिक्सनको एक नमुना रहेको उल्लेख गरेका छन् । रोनाल्डोमाथि लगाइएको अरोप अपमानजनक र घृणित रहेको विज्ञप्तिमा उल्लेख छ ।

घटना भएका बेला २० वर्षको हाराहारीमा रहेकी महिलाबाट प्राप्त भएको चिठ्ठीका आधारमा रोनाल्डोमाथि आरोप लगाइएको बखरमा उल्लेख छ । तर ती महिलाका बारेमा केही खुलाइएको छ ।

रोनाल्डोले आफ्नो अपमान गरेको भन्दै म्यागजिन विरुद्ध कानूनी कारवाहीको प्रक्रिया सुरु गर्न लागेको विज्ञप्तिमा उल्लेख छ । घटना लस भेगासमा भएको खबरमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति: २ बैशाख २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्