भोजपुरमा मैयुङ–स्काई दौड सुरू


 


भोजपुर, वैशाख १

शुक्रबारदेखि भोजपुरमा पहिलो पटक मैयुङ– स्काई दौड प्रतियाेगिता सुरू भएकाे छ । शुक्रबारबाटै सुरू भएकाे मैयुङ–हाँसपाेखरी महाेत्सवकाे अवसर पारेर प्रतियाेगिता सुरू भएकाे हाे ।

प्रतियाेगिताकाे उद्घाटन युवा तथा खेलकुद मन्त्रालयका सचिव महेश दाहालले गर्नु भएको थियो । भाेजपुर सदरमुकामकाे टुँडिखेलबाट सुरू भएकाे दाैड मैयुङ डाँडामा पुगेर दूरी पार हुने अायाेजकले बताएका छन् ।

दाैड प्रतियाेगिताकाे दूरी ३० किलाेमिटर रहेकाे छ भने ३ हजार ३ सय २३ मिटरकाे उचार्इमाे याे ठाउँ छ । प्रतियाेगितामा ११ महिला सहित ९० जनाको सहभागिता रहेको छ ।

दौडमा महिला तथा पुरुष  नै प्रथम, दितिय र तृतिय हुने धावकले क्रमस २५ हजार, १५ हजार, १० हजार पुरस्कार पाउने छन् । त्यस्तै उदयमान धावकले ५ हजार पाउने छन् ।

भाेजपुरकाे गाैरव र समृद्दिमा सहयाेग पुर्याउने उदेश्यले दाँवाली मिलन क्लब काठमाडाैंकाे समन्वय र विभिन्न संघ संस्थाकाे सहयाेगमा दाैड प्रतियाेगिताकाे अायाेजना गरिएकाे हाे।

दाैडकाे रिमाचुङ एजुकेशन एण्ड स्पाेर्टस एकाडेमी भाेजपुर स्थानीय अायाेजक र नेपाल माउण्टेन स्कार्इ रनिङ एशाेसियसन काठमाडाैंकाे प्राविधिक सहयाेग रहेकाे छ ।

विश्व अल्ट्राधाविका मिरा रार्इकाे गृह जिल्लामा पहिलाेपटक सुरू भएकाे दाैड प्रतियाेगितालार्इ भाेजपुरबासीले जिल्लाकाे गाैरब र प्रतिष्ठाकाे रूपमा लिएका छन् ।

 

प्रकाशित मिति: १ बैशाख २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्