धनगढी प्रिमियर लिगमा दुई खेल हुँदै


 


काठमाडौं, वैशाख १

धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेटको शुक्रबारको पहिलो खेलमा रुपेन्देही च्यालेन्जर्स र काठमाडौं गोल्डेन्स खेल्दैछन् ।  खेल सेती अञ्चल प्रहरी कार्यालयको मैदानमा बिहान ९ बजेपछि सुरु हुनेछ । यो खेल नेपाली राष्ट्रिय टोलीका भेट्रान स्पिनर शक्ति गौचन र बसन्त रेग्मीबिचको भिडन्तका रुपमा पनि रहनेछ ।

शक्तिको कप्तानीमा रहेको रुपन्देहीले अहिलेसम्म खेलेका दुवै खेल जित्दै अंकतालिकाको शिर्ष स्थानमा छ । त्यस्तै ३ मध्ये दुई खेल जितेको बसन्त रेग्मी नेतृत्वको काठमाडौं दोश्रो स्थानमा छ । शुक्रबारको दोश्रो खेलमा पारस खड्का नेतृत्वको धनगढी टीम चौराहा र ज्ञानेन्द्र मल्ल नेतृत्वको सिवाइसि अत्तरिया खेल्दैछन् । दुवै खेल हारेको धनगढी अंकतालिकाको पुछारमा र तीनमध्ये एक जितेको अत्तरिया पुछारबाट दोश्रो स्थानमा छन् ।

प्रकाशित मिति: १ बैशाख २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्