अफगानिस्तानमा अमेरिकाले खसाल्यो अहिलेसम्मकै ठूलो बम


 


काठमाडौं, वैशाख १
अमेरिकाले अहिलेसम्मकै सबैभन्दा ठूलो नन न्यूक्लियर बम खसालेको छ । जीबियू ४३ नाम दिइएको यो बमलाई ‘मदर अफ अल बम्स्’को नाम पनि दिइएको छ ।  अमेरिकी रक्षा मन्त्रालयले यो बम अफगानिस्तानको नागहार प्रान्तमा खसालेको जनाएको छ ।

सन् २००३ मा परीक्षण गरिएको यो बम प्रयोग भने गरिएको थिइएन ।  अमेरिकी रक्षा मन्त्रालयले विद्रोही समूह स्लामिक स्टेट आइएसको क्षेत्रमा यो बम खसालेको बिबिसीले जनाएको छ ।

यो बमको तौल ९ हजार ८ सय किलो र यसको लम्बाई ३० फिट भन्दा धेरै भएको खबरमा उल्लेख छ । गएको हप्ता अफगानिस्तानमा आइएससँगको लडाइँमा अमेरिकी सैनिकको ज्यान गएपछि यस्तो बम खसालिएको हो ।

प्रकाशित मिति: १ बैशाख २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्