सांसद ज्ञानेन्द्रबहादुर कार्कीलाई पितृशोक
काठमाडौँ, चैत्र ३१
नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् सांसद ज्ञानेन्द्रबहादुर कार्कीलाई पितृशोक परेको छ । उहाँका पिता ८६ वर्षीय कृष्णमोहनको निमोनियाको उपचारका क्रममा स्थानीय ग्रान्डी अस्पतालमा बिहिबार निधन भएको हो ।
स्व कार्कीका पाँच छोरा र तीन छोरी हुनुहुन्छ । उहाँकाे बिहिबार साँझ पशुपति अार्यघाटमा अन्तिम संस्कार गरिएकाे छ ।
स्व. कार्कीलार्इ श्रद्दाञ्जली दिन कांग्रेस नेता कार्यकर्ताकाे बाक्लाे भिड लागेकाे थियाे । कांग्रेस सभापति शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पाैडेल, महामन्त्री सशांक काेइराला लगायतका नेताहरू पशुपति अार्यघाट पुगेका थिए ।
अन्य पार्टीका नेता कार्यकर्ता, मन्त्रीहरू लगायतकाे अार्यघाटमा उपस्थिति थियाे ।
काँग्रेसका सभापति शेरबहादुर देउवाले उहाँको निधनप्रति दुःख व्यक्त गर्दै नेपालमा प्रजातन्त्र स्थापना र पुनःस्थापनाका क्रममा उहाँको सक्रिय भूमिका रहेको र २०४६ सालको ऐतिहासिक जनआन्दोलनमा सक्रिय रहँदा गिरफ्तारीमा पर्नुभएको स्मरण गर्नुभएको छ ।
आफ्नो शोक सन्देशमा नेता देउवाले स्व कार्कीको आत्माको चीर शान्तिको कामनाका साथ शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ ।
प्रकाशित मिति: ३१ चैत्र २०७३, बिहिबार