१६ दलले बुझाएनन् आयोगमा हस्ताक्षर


 


काठमाण्डौ, चैत्र ३१
निर्वाचन आयोगमा ६३ वटा दलले मात्र आफ्नो उम्मेद्वार सिफारिस गर्ने आधिकारिक हस्ताक्षरको नमुना बुझाएका छन् ।  योसंगै स्थानीय चुनावमा ६३ दलले मात्र भाग लिन पाउने भएका छन् ।

निर्वाचन आयोगले ७९ वटा दललाई चुनावमा भाग लिन स्वीकृती दिएपनि १६ वटा दलले उम्मेद्वार सिफारिस गर्ने आधिकारिक हस्ताक्षर नबुझाएका हुन् । बाँकी दलले चुनावमा भाग लिन नपाउने आयोगका प्रवक्ता सुर्यप्रसाद शर्माले जानकारी दिए ।

सबैजसो ठूला र संसदमा प्रतिनिधित्व गर्ने दलले सिफारिस गर्ने व्यक्तिको आधिकारिक नाम हस्ताक्षर बुझाएका छन् । बुधबार नै चुनावमा भाग नलिने घोषणा गरेको मधेसी मोर्चामा आबद्ध संघीय समाजवादी फोरम नेपालले भने उम्मेद्वार सिफारिस गर्ने व्यक्तिको नाम र हस्ताक्षर बुझाएको छ ।

मोर्चामा रहेका अरु दलले भने हस्ताक्षर नबुझाएको आयोगले जनाएको छ ।  यस्तै मुख्य निर्वाचन अधिकृतका लागि सञ्चालन भएको चुनाव परिचालन सम्बन्धि तालिम बिहीबार सकिंदैछ । देशका ७ ठाउँमा चलिरहेको तालिम सकेपछि प्रमुख निर्वाचन अधिकृत कार्यस्थलमा खटिने आयोगले जनाएको छ ।

प्रकाशित मिति: ३१ चैत्र २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्