धनगढी प्रिमियर लिग क्रिकेटमा आज पनि दुई खेल हुँदै


 


काठमाण्डौ, चैत्र ३१
धनगढी प्रिमियर लिग क्रिकेट डीपिएल मा बिहीबार धनगढी टीम चौराहा र कञ्चनपुर आईकोनिकबिच खेल हुँदै छ । खेल बिहान सेती अञ्चल प्रहरी मैदानमा  हुँदै छ ।  टीम चौराहा पारस खड्काको नेतृत्वमा र कञ्चनपुर विनोद भण्डारी नेतृत्वमा छन् ।

टीम चौराहा अंकतालिकाको पुछारमा छ भने कञ्चनपुर पुछारबाट दोश्रो स्थानमा छ । प्रतियोगितामा बिहीबार नै दिउँसो १ बजेपछि विराटनगर किङ्गस र सिवाईसी अत्तरीया खेल्नेछन् ।

शरद भेषावकर नेतृत्वको विराटनगर अंकतालिकाको चौथो र ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको अत्तरिया तेश्रो स्थानमा छन् । बुधबारको खेलमा रुपन्देही च्यालेन्जर्स र काठमाडौं गोल्डेन्स विजयी भएका थिए ।

प्रकाशित मिति: ३१ चैत्र २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्