मुम्बईले हैदराबादलाई ४ विकेटले हरायो


 


काठमाडौं, चैत ३१

इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत बुधबार राति भएको खेलमा मुम्बइ इण्डियन्सले सनराइजर्स हैदराबादलाई ४ विटेकले हराएको छ । १ सय ५८ रनको लक्ष्य मुम्बइले खेल सकिन ८ बल बाँकी छँदै ६ विकेट जाँदा भेट्टाएको हो ।

मुम्बइको जितमा नितिश रानाले ३६ बलमा ४५ र पार्थिभ पटेलले २४ बलमा ३९ रन बनाए । यस्तै जस बटलरले ११ बलमा १४ रन, कुर्नाल पाण्डेयले २० बलमा ३७ रन बनाए । हैदराबादका भुवनेश्वर कुमारले तीन साथै आशिस नेहरा, रसिद खान र दीपक हुड्डाले एक एक विकेट लिए ।

पहिले ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ८ विकेट जाँदा १ सय ५८ रन बनाएको थियो । हैदराबादका डेभिड वार्नरले ३४ बलमा ४९ रन, शिखर धावनले ४३ बलमा ४८ रन, बेन कटिङले १० बलमा २० रन बनाए ।

हैदराबादका ७ जना खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । मुम्बईका जसप्रित बुम्राहाले तीन, हरभजन सिंहले दुई साथै लसिथ मालिङ्गा, मिचेल म्याक्लेनागन र हार्दिक पाण्डेयले एक एक विकेट लिएका थिए ।

प्रकाशित मिति: ३१ चैत्र २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्