डोनाल्ड ट्रम्पकी श्रीमतीलाई ‘याैनकर्मी’ भनेपछि…


 


वासिङ्टन डिसी,  चैत्र ३०

वेलायती दैनिक पत्रिका डेली मेल एउटा अप्ठ्यारो स्थितिमा पुगेको छ । १२१ वर्षको ट्याब्लोइड पत्रकारिताको इतिहास बोकेको पत्रिकाले अमेरिकी प्रथम महिला मेलानिया ट्रम्पलाई ‘यौनकर्मी’ भनेको मूल्य ३० लाख अमेरिकी डलर चुकाउनु पर्ने भएको हो ।

अमेरिकी राष्ट्रपतिको निर्वाचन ताका पत्रिकाले मेलानियाको मोडलिङ उतारचढाब बारे रिपोर्ट प्रकाशित गरेको थियो । पछि अनलाइनबाट हटाइएको सो रिपोर्टमा अखाबरले उनलाई ‘एक समय यौनकर्मी’को रुपमा काम गरेको जनाएको थियो।

पत्रिकाको सामग्रीविरुद्ध मेलानियाले १५ करोड डलर क्षतिपूर्ति माग गर्दै वेलायती अदालतमा मुद्दा दायर गरेकी थिइन् । लण्डनको न्यायालयमा भएको सुनुवाईमा मेलानियाले अखबारका तर्फबाट मागिएको माफी र क्षतिपूर्तिलाई स्वीकार गरेकी थिइन् ।

त्यसअघि पत्रिका र प्रथम महिलाबीच ३० लाख डलरमा विवाद अन्त्य गर्ने सहमति भएको बीबीसीले उल्लेख गरेको छ । सन् १९७० मा स्लोभानियामा जन्मिएकी मेलानिया सन् २००५ मा डोनाल्ड ट्रम्पसँग विवाह हुनुअघि व्यवसायिक मोडलिङमा संलग्न थिइन्।

प्रकाशित मिति: ३० चैत्र २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्