धनगढी प्रिमियर लिग क्रिकेटमा आज पनि दुई खेल हुँदै


 


काठमाडौं, चैत्र ३०
धनगढीमा जारी धनगढी प्रिमियर लिग डिपिएल लिग क्रिकेटमा आज पनि दुई खेल हुदैछ । क्षेत्रीय प्रहरी कार्यालयको मैदान धनगढीमा आज हुने पहिलो खेलमा सीवाइसी अत्तरीया र रुपन्देही च्यालेन्जर्स विच प्रतिस्पर्धा हुने छ ।

अत्तरीया ज्ञानेन्द्र मल्लको कप्तानी मैदान उत्रदै छ भने रुपन्देही शक्ति गौचनको कप्तानीमा मैदान उत्रदैछ । आजै हुने दोस्रो खेलमा बसन्त रेग्मीको कप्तानीमा रहेको काठमान्डौ गोल्डेन्स र शरद भेषवाकरको कप्तानीमा रहेको विराटनगर किङ्स आमने सामने हुने छन् ।

यसअघि प्रतियोगिता अन्तर्गत हिजो भएको खेलमा विराटनगर किङ्स र काठमान्डौ गोल्डेन्स विजयी भएको छ ।  यस्तै हिजो नै भएको अर्काे खेलमा काठमान्डौ गोल्डेन्सले विनोद भण्डारीको कन्चनपूर आइकोनिकलाई २४ रनले पराजित गरेको हो ।

प्रकाशित मिति: ३० चैत्र २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्