संशोधनको नयाँ प्रस्तावबारे धारणा तय गर्न मोर्चाको बैठक बस्दै


 


काठमाडौं, चैत्र ३०

सरकारले संसदमा दर्ता गराएको संविधान संशोधनको नयाँ प्रस्तावबारे आधिकारिक धारणा तय गर्न मधेसी मोर्चाको बैठक बस्दैछ । बैठकले संशोधन प्रस्तावलाई अध्ययन गरेर आधिकारिक धारणा तय गर्ने मोर्चाका नेताहरुले बताएका छन् ।

सरकारले मधेसी मोर्चा र एमाले दुवैलाई मान्य हुने भन्दै संशोधनको पुरानो विधेयक फिर्ता लिएर मंगलबार नयाँ विधेयक दर्ता गरेको हो । तर एमालेले स्थानीय तहको अधिकार कटौती गरी संशोधन ल्याइएको भन्दै बिरोध गरेको छ । मोर्चाका नेताहरुले पनि संशोधन प्रस्ताव मान्य नहुने प्रतिक्रिया दिएका छन् ।
प्रदेशको संख्या र सीमांकन परिवर्तन गर्न शक्तिशाली राजनीतिक आयोग गठन गर्ने, संघीय संसदले प्रदेशको सहमति नभएपनि प्रदेशको सीमांना परिवर्तन गर्न सक्ने, स्थानीय तहका अध्यक्ष र उपाध्यक्षले राष्ट्रियसभामा मत दिन पाउने अधिकार कटौती र मातृभाषालाई अनुसूचिमा राख्नेसहितका बुँदा समेटेर नयाँ संशोधन प्रस्ताव दर्ता गराएको हो ।

प्रकाशित मिति: ३० चैत्र २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्