उदयपुरमा पौडी खेल्दा युवकको डुबेर मृत्यु


 


गाईघाट (उदयपुर), चैत्र ३०

उदयपुर जिल्लाको त्रियुगा नगरपालिका– ११ सङ्गम टोलका एक युवकको मंगलबार ३ः०० बजे स्थानीय चप्पन खोलामा पौडी खेल्ने क्रममा दहमा डुबेर मृत्यु भएको छ ।

चप्पन खोलामा पौडी खेल्दा मृत्यु हुने युवा गाईघाट सङ्गमटोल बस्ने १९ वर्षीय सुमन भट्टराई रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

भट्टराई गर्मी भएका कारण साथीसँग पौडी खेल्न खोलामा गएर दहमा प्रवेश गरेका थिए । पौडी खेल्न नजान्ने भट्टराई दहमा डुबेर बेहोस भएका थिए । दहबाट साथीले निकालेर अस्पताल ल्याउँदै गर्दा उनको मृत्यु भएको प्रहरीले बताएको छ ।

उनको शव परीक्षणका लागि जिल्ला अस्पताल उदयपुरमा राखिएको प्रहरीले छ ।

प्रकाशित मिति: ३० चैत्र २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्