लिबियाका आप्रवासी यूरोपेली बजारमा दासका रुपमा किनबेच


 


एजेन्सी, चैत ३०

अन्तर्राष्ट्रिय आप्रवासी संगठन (आइओएम) ले लिबियाका आप्रवासीहरु यूरोपेली बजारमा दासका रुपमा किनबेच भइरहेको भन्दै गम्भीर चिन्ता व्यक्त गरेको छ । परिचयपत्र नभएका र मानव तस्करलाई दिने पैसासमेत नभएका आप्रवासीहरु दासका रुपमा बेचिंदै गरेको आइओएमले उल्लेख गरेको हो ।

मानव तस्करहरुले नगरको चोक, सवारी पार्किङस्थलमा समेत आप्रवासीलाई दासका रुपमा बेचेको बताइएको छ । लिबियामा आप्रवासीहरुको स्थिति अत्यन्त खराब रहेका बेला उनीहरु दासका रुपमा बेचिने प्रवृत्ति थप चिन्ताजनक भएको आइओएमको भनाई छ । विभिन्न कारणले दासको बजार भने दिनानुदिन फस्टाएको बताइन्छ ।

लडाकु समूहहरु र मानव तस्करले मानिस अपहरण गर्ने र उनीहरुसँग पैसा नभएमा बेच्ने गरेको अनुसन्धानबाट खुलेको हो । बेचिएकामध्ये अधिकांश पुरुष छन् भने बेचिएका महिलालाई जबरजस्ती वेश्यावृत्तिमा लगाइने गरेको आइओएमले जनाएको छ । भूमध्यसागर हुँदै युरोप जान चाहने आप्रवासीका लागि लिबिया महत्वपूर्णस्थल हो ।

प्रकाशित मिति: ३० चैत्र २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्