नेपाल उद्योग वाणिज्य महासंघको बरिष्ठ उपाध्यक्षमा शेखर गोल्छा विजयी


 


काठमाडाैं, चैत्र २९

नेपाल उद्योग वाणिज्य महासंघको बरिष्ठ उपाध्यक्षमा शेखर गोल्छा विजयी भएका छ्न । उनका प्रतिद्वन्दी किशोकुमार प्रधानले प्रधानले मत आउनु पूर्व नै शेखर गोल्छालाई माला लगाएर जितको लागि बधाइ दिएका छन् ।

यस्तै जिल्ला नगर उपाध्यक्षमा प्रमोद श्रेष्ठ विजय भएका छन् । त्यस्तै वस्तुगत उपाध्यक्षतर्फ उमेशलाल श्रेष्ठ विजयी भएका छन् भने
एशोसिएट उपाध्यक्षमा चन्द्र ढकाल यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् ।

महासंघको चुनावमा व्‍यावसायी शेखर गोल्छाको वर्चश्व रहेको छ । संशोधित विधान अनुसार वरिष्ठ उपाध्यक्ष स्वत: अध्यक्ष हुने भएपछि भवानी राणा नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष भएकी हुन् ।

प्रकाशित मिति: २९ चैत्र २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्