विश्वकप २०२६ः अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रुपमा ओजाना गर्ने प्रस्ताव


 


काठमाण्डौ, चैत्र २९
अमेरिका, क्यानडा र मेक्सिकोले सन् २०२६ को विश्वकप फुटबल आयोजना संयुक्त रुपमा गर्ने गरी प्रस्ताव गर्ने भएका छन् । तीन देशले संयुक्त रुपमा विश्वकप आयोजनाका लागि विश्व फुटबलको प्रशाकीय निकाय फिफामा प्रस्ताव गर्ने घोषणा गरेका हुन् ।

विश्वकपमा सहभागी हुने टिमको संख्या ३२ बाट बढाएर ४८ पु¥याउने तयारी भइरहेको छ । यो नियम सन् २०२६ कै विश्वकपबाट लागु हुनेछ । यस्तै प्रस्ताव अनुसार आयोजनाको जिम्मा पाएमा सन् २०२६ को विश्वकप तीन देशले संयुक्त रुपमा आयोजना गर्ने पहिलो विश्वकप हुनेछ ।

प्रस्ताव अनुसार अमेरिकाले विश्वकपका ६० खेला तथा क्यानडा र मेक्सिकोले समान १०र१० खेल आयोजना गर्ने छन् । सन् २०२६ को विश्वकप आयोजनाको जिम्मा सम्बन्धी निर्णय सन् २०२० मा हुनेछ ।

सन् २०१८ को विश्वकप २०१८ र सन् २०२२ को कतारमा हुनेछ । अमेरिकाले यसअघि सन् १९९४ तथा मेक्सिकोले सन् १९७० र १९८६ मा विश्वकप आयोजना गरेको थियो । क्यानडाले सन् २०१५ मा महिला विश्वकप आयोजना गरेको थियो ।

प्रकाशित मिति: २९ चैत्र २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्