गुन्डा नाइके दावा लामामाथि गोली प्रहार


 


काठमाडौं, चैत्र २९

प्रहरीको गुन्डाको सूचीमा रहेका दावा लामामाथि राजधानीको गौरीघाटमा गोली प्रहार भएको छ । अज्ञात ब्यक्तिको गोली प्रहारबाट लामाको ढाँड र खुट्टामा गोली लागेको छ ।

गोली लागेका लमालाई अस्पताल भर्ना गरिएको प्रहरीले जनाएको छ । गोली कसले हान्यो भन्नेबारे केही नखुलेको प्रहरीले जनाएको छ।

महानगरीय प्रहरी प्ररिसर र महानगरीय प्रहरी अपराध महाशाखाले हालै बनाएको १ सय २२ जनाको गुन्डाको सूचीमा लामा बी ग्रेडमा छन्।

काठमाडौंमा जुवा खेलाउने, पैसा लुट्नेलगायत अपराधिक घटनामा उनी संलग्न देखिँदै आएका छन्। एक महिना अगाडि महानगरीय प्रहरी वृत्त दरवारमार्गले उनलाई पक्राउ गरेकोमा धरौटीमा छोडेका थिए।

प्रकाशित मिति: २९ चैत्र २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्