विद्यालयमा अन्धाधुन्ध गोली प्रहार, तीनजनाको मृत्यु


 


 

काठमाण्डौ, चैत्र २९

अमेरिकाको क्यालिफोर्नियामा एक प्राथमिक विद्यालयमा अन्धाधुन्ध गोली चलाउँदा तीन जनाको ज्यान गएको छ । क्यालिफोर्नियाको सान बर्नार्डिनोमा रहेको प्राथमिक विद्यालयको कक्षा कोठामा बन्दुकधारीले अन्धाधुन्ध गोल चलाउँदा एक बालकासहित तीन जनाको ज्यान गएको स्थानीय प्रहरीले जनाएको छ ।

आक्रमणकारीले कक्षा कोठामा अध्यापन गराइरहेकी शिक्षिका तथा बालबालिकालाई गोली हानेका हुन् । शिक्षिका गोली प्रहार गर्ने व्यक्तिको श्रीमती रहेको प्रहरीले जनाएको छ । गोली लागेर शिक्षिका तथा उनको पछाडी रहेका दुई बालबालिका गम्भीर घाइते भएकोमा ८ वर्षका बालकको ज्यान गएको छ ।

अरुलाई गोली हानेपछि आक्रमणकारीले आफैलाई गोली हानेका थिए । प्रहरीले घटनालाई हत्या तथा आत्महत्या रहेको बताएको छ । लस एन्जल्सबाट ९६ किलोमिटर पूर्वमा रहेको नर्थ पार्क एलिमेन्ट्रि स्कुलमा घटना भएको हो । आक्रमणकारीले आफ्नो हतियार लुकाएर भिजिटरको रुपमा विद्यालयमा प्रवेश गरेका थिए ।

प्रकाशित मिति: २९ चैत्र २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्