चुनाव प्रचार गर्न ९ दिनमात्रै


 


काठमाण्डौ, चैत्र २९

स्थानीय तह निर्वाचनमा उम्मेदवारले प्रचारप्रसारका लागि ९ दिनमात्रै पाउने भएका छन् । निर्वाचन आयोगबाट चुनाव चिन्ह पाएपछि मौन अवधि सुरु हुनुअघिसम्म बीचका दिनमा मात्र प्रचार गर्न पाइने छ ।

उम्मेदवारले वैशाख १९ गते चिन्ह पाउनेछन् भने चुनावको ४८ घण्टापूर्व नै मौन अवधि सुरु हुनेछ । मौन अवधिमा दल वा उम्मेदवारले प्रचारका कुनै काम गर्न पाउने छैनन् ।

यो खबर हामिले आजको कान्तिपुर दैनिकबाट लिएका हौँ ।

प्रकाशित मिति: २९ चैत्र २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्