सामाजिक भत्ता दुरुपयोग गर्ने गाविस सचिव विरुद्ध मुद्दा


 


काठमाडौँ, चैत्र २८

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देहीको तत्कालीन मानपकडी गाविस सचिव शालिकराम भट्टराईले रु एक लाख दुई हजार पाँच सय भ्रष्टाचार गरेको अभियोगमा साेमबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका प्रवक्ता जीवराज कोइरालाका अनुसार तत्कालीन गाविस सचिव भट्टराईले आव २०६५÷०६६ देखि आव २०७०÷०७१ सम्मको सामाजिक सुरक्षा भत्ता वितरण गर्दा गलत भर्पाई तयार पारेको, बदनियतपूर्वक हिनामिना गरेको र गैरकानुनी लाभ लिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिकिर गरेको छ ।

आयोगले बिगो असुल गरी हदैसम्मको कारबाहीको माग गर्दै मुद्दा दायर गरिएको जनाएको छ ।

प्रकाशित मिति: २८ चैत्र २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्