भूकम्प कम प्रभावित चार जिल्लामा अनुदान वितरण सुरू


 


काठमाडौँ, चैत्र २८

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्प कम प्रभावित १७ जिल्लामध्ये थप चार जिल्लामा पनि निजी आवास पुनःनिर्माणका लागि पहिलो किस्ताको अनुदान रकम वितरण सुरु गरेको छ ।

यसअघि प्राधिकरणले यही चैत २१ गते कास्कीबाट अनुदानबापतको पहिलो किस्ता वितरण सुरु गरेको थियो । बा“की १६ जिल्लामध्ये आज लमजुङ, पर्वत, धनकुटा र सोलुखुम्बुबाट पहिलो किस्ताबापतको रु ५० हजार वितरण सुरु गरिएको प्राधिकरणका प्रवक्ता यमलाल भुसालले बताउनुभयो ।

प्राधिकरणले एक साताभित्र बा“की सबै जिल्लामा निजी आवास पुनःनिर्माणका लागि अनुदान वितरण सुरु गरिसक्ने छ । प्राधिकरणले भूकम्प अतिप्रभावित १४ जिल्लामा अनुदान सम्झौता भइसकेका करिब ९८ प्रतिशत लाभग्राहीलाई अनुदानबापतको पहिलो किस्ता वितरण गरिसकेको तथा दोस्रो र तेस्रो किस्ता पनि वितरण भइरहेको जनाएको छ ।

प्रकाशित मिति: २८ चैत्र २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्