स्थानीय निकाय निर्वाचन : भोजपुरमा को–को छन् मेयर र गाउँपालिका प्रमुखका आकांक्षी ?
भोजपुर, चैत्र २८
स्थानीय निकायको निर्वाचनको मिति नजिकै गर्दा भोजपुरमा पनि उम्मेदवारीको आकांक्षीहरु देखिन थालेका छन् । दुई नगरपालिका र सात गाउँपालिका रहेको भोजपुरमा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रमा धेरै आकांक्षी देखिएका छन् ।
त्यस्तै राप्रपा र संघीय समाजवादी फोरममा समेत उम्मेदवार बन्न खोज्नेहरु धेरै छन् । उम्मेदवारहरू पार्टीको नेतृत्व गर्ने देखि लिएर युवा अनुहार पनि धेरै देखिएका छन् ।
दलहरुले नगरपालिका र गाउँपालिका प्रसार प्रसारसंगै कमिटी विस्तार गर्न समुह–समुह वनाएर गाँउ दौडाहामा लागेका छन् । विभिन्न संघ संगठनको कार्यालय स्थापना गरिहेका छन् ।
भोजपुरमा स्थानीय निर्वाचनबाट ४ सय २३ जना जनप्रतिनिधि चयन गर्न एक लाख ५ हजार ५ सय ५४ मतदाताले मतदान गर्नेछन् ।
निर्वाचनका लागि जिल्लामा १३ दल दर्ता भएका छन् । यी सबै दलले एक पदमा एक उम्मेदवारी दिएमा चुनावी मैदानमा ५ हजार ४ सय ९९ जना उम्मेदवार हुनेछन् ।
भोजपुरमा दुई जना नगर प्रमुख, दुई जना उप–नगर प्रमुख, सात गाउँपालिका अध्यक्ष र सात उपाध्यक्ष चयन हुनेछन् । त्यस्तै, ८१ वडाबाट ८१ जना अध्यक्षहरु निर्वाचित हुनेछन् । ८१ वटा वडाबाट दुई खुला, एक दलित महिला र एक महिला सदस्यसहित चार सदस्यका दरले ३ सय २४ जना वडा सदस्य चयन हुनेछन् ।
भोजपुर नगरपालिकामा –१२ वडा रहेका छन्, भने षडानन्द नगरपालिकामा –१४ वटा वडा रहेका छन् । त्यस्तै आम्चोक गाउँपालिकामा–१०, साल्पासिलिछो गाउँपालिकामा –६, पौवादुम्मा गाउँपालिकामा ६, अरुण गाउँपालिकामा –७ रामप्रसाद राई गाउँपालिकामा –८ र ट्याम्केमैुङ र हतुवागढी गाउँपालिकामा – ९÷९ वटा वडाहरु रहेका छन् ।
काे–काे छन् मेयर र गाउँपालिका प्रमुखकाे अाकांक्षी ?
भोजपुर नगरपालिका
नेपाली काङ्ग्रेस : डम्वर श्रेष्ठ, गोपाल मोक्तान, मुकुन्द रायामाझी र कमल थुलुङ,
नेकपा एमाले : भरत तामाङ, गणेश श्रेष्ठ, रमेश शाक्य, विष्णु वहादुर राउत र ज्ञान वहादुर वस्नेत
नेकपा माओवादी केन्द्र : रविन तामाङ र भिष्म प्रधान
षडानन्द नगरपालिका
नेपाली काङ्ग्रेस : विरवल राई, जनक घले र देवेन्द्र राई
नेकपा एमाले : देवीराम चौलागाँई, सुरेन्द्र उदास, सम्मर वहादुर राई, किशोर किराँत
नेकपा माओवादी केन्द्र : दिल कुमार राई र भिम तामाङ
साल्पासिलिछो गाउँपालिका
नेपाली काङ्ग्रेस : विक्रम वन सन्यासी, महेश राई र चेतराज अधिकारी
नेकपा एमाले : खगेन्द्र राई, शान्ती अधिकारी र जीवन रार्इ
नेकपा माओवादी केन्द्र : मुकुन्द किराँती र प्रेम राई
अरुण गाउँपालिका
नेपाली काङ्ग्रेसः शालिकराम खत्री, पुष्प वैद्य, गजेन्द्र कार्की र चुडामणी दाहाल
नेकपा एमालेः शिवराज सापकाेटा, सुरेन्द्र श्रेष्ठ, ठाकुर सिं राई र भक्त राई
नेकपा माओवादी केन्द्र : विमल खड्का र वलभद्र राई
पौवादुङ्मा गाउँपालिका
नेपाली काङ्ग्रेस : शिसिरा राई र मनोज कार्की
नेकपा एमाले : किरण राई, तिर्थ राई, उदय वहादुर कार्की
नेकपा माओवादी केन्द्र : सैलेन्द्र भुजेल र विन्द्रमान राई
रामप्रसादराई गाउँपालिका
नेपाली काङ्ग्रेस : जगत चौहान र विन्द्र राई
नेकपा एमाले : सूर्य रार्इ, अब्वर राई, पर्शुराम राई, विजय राई र दिपक तामाङ
नेकपा माओवादी केन्द्र : प्रेम कार्की , निर्माण किराती र ममता प्रधान
ट्याम्केमैयुङ गाउँपालिका
नेपाली काङ्ग्रेस : सरोज वस्नेत र रुद्र किरात
नेकपा एमाले : ध्रुव राई, विष्णु कुमार राई र घमान सिं राई
आमचोक गाउँपालिका
नेपाली काङ्ग्रेस : रविन राई, गोपाल खड्का र आदित्य राई
नेकपा एमाले : टिका विष्ट, वहादुर राई र भिम राई
नेकपा माओवादी केन्द्र : असोक राई र सन्दिप किराती
हतुवागढी गाउँपालिका
नेपाली काङ्ग्रेस : राम वहादुर श्रेष्ठ, मदन खुलाल,अम्रित राई र दिनेश घिमिरे
नेकपा एमाले : प्रेम कुमार राई, राजेन्द्र राई र आनन्द राई
नेकपा माओवादी केन्द्र : रविन राई र कृष्ण कुमार राई
प्रकाशित मिति: २८ चैत्र २०७३, सोमबार