बस दुर्घटना हुँदा ३४ जना घाइते


 


बर्दिया,  चैत्र २८

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बर्दियाको ठाकुरबाबा नगरपालिका–१ भुरीगाउँमा आइतबार राति ११ बजे यात्रु बस दुर्घटना हुँदा ३४ जना घाइते भएका छन् ।

सुदूरपश्चिमको दार्चुलाबाट काठमाडौंका लागि छुटेको ना ६ ख १२२७ नम्बरको रात्रि बसले मोटरसाइकललाई जोगाउन खोज्दा दुर्घटना भएको इलाका प्रहरी कार्यालय भुरीगाउँले जनाएको छ ।

बस राजमार्गमै पल्टिएको छ । घाइते धेरैको टाउकोमा चोट लागेको र केहीको हात खुट्टा भाँचिएको प्रहरीले जनाएको छ । घाइते मध्ये ७ जनाको अवस्था गम्भीर रहेको छ ।

घाइते सबैलाई भुरीगाउँको केपी पोलीक्लिनिकमा प्राथमिक उपचारपछि थप उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज कोहलपुर लगिएको इलाका प्रहरी कार्यालय भुरीगाउँले जनाएको छ ।

प्रकाशित मिति: २८ चैत्र २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्