आइपिएलमा मुम्बईको पहिलो जित


 


काठमाण्डौ, चैत्र २८

इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा मुम्बई इण्डियन्सले पहिलो जित दर्ता गरेको छ । मुम्बाईको वाङखेडे रंगशालामा आइतबार राति भएको खेलमा मुम्बाईले कोलकाता नाइटराइडर्सलाई ४ विकेटले हराएको हो ।

१ सय ७९ रनको लक्ष्य मुम्बईले खेल सकिन एक बल बाँकी हुँदा ६ विकेट गुमाएर भेट्टायो । मुम्बईको जितमा नितिश रानाले ५०, पार्थिव पटेलले ३०, हार्दिक पाण्डेले नटआउट २९ तथा जोस बट्टलरले २८ रन बनाए ।

कोलकाताका अंकित राजपुतले तीन विकेट लिए । पहिले ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ७ विकेट गुमाएर १ सय ७८ रन बनाएको थियो । कोलकाताका लागि मनिष पाण्डेले नटआउट ८१ रन बनाए ।

यस्तै क्रिस लिनले ३२ तथा कप्तान गौतम गाम्भिरले १९ रन बनाए । मुम्बईका क्रुनल पाण्डेयले तीन तथा लासिथ मालिंगाले दुई विकेट लिए ।

प्रकाशित मिति: २८ चैत्र २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्