केरुङमा रोकिएको मतपेटिका भोलि बेलुकासम्म रसुवागढि आइपुग्ने


 


काठमाडौं ,चैत्र २७

आउँदो वैशाख ३१ गते हुने स्थानीय तहको चुनावको लागि चीनबाट ल्याउन लागिएको १० हजार थान मतपेटिका सोमबार बेलुकासम्म नेपाल आउने भएको छ ।  चीनको ठोङ्सामा झरेको पहिरो पन्छाउने काम सामेबार दिउँसोसम्ममा सकिने र बेलुकासम्ममा मतपेटिका रसवागढि नाकामा आइपुग्ने रसुवागढि भन्सार कार्यालयले जनाएको छ ।

१० हजार थान मतपेटिका केरूङमा आइपुगेको भएपनि ठोङ्सामा झरेको पहिराको कारण एक हप्तादेखि मतपेटिका केरूङमा नै थन्किएको हो ।  चिनियँ पक्षले ठोङ्सामा झरेको पहिरो पन्छाउने कार्य गरिरहेको र सोमबार दिउँसोसम्ममा पहिरो पन्छाउने सकिएमा मतपेटिका रसुवागढि नाकामा आइपुग्ने भन्सार प्रमुख केदार पनेरुले बताए ।

चुनावका लागि चीनबाट ल्याउन लागिएका ३० हजार थान मतपेटिका मध्ये पहिलो चरणमा १० हजार थान मतपेटिका ल्याउन लागिएको हो ।

प्रकाशित मिति: २७ चैत्र २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्