मन्त्रीपरिषद बैठक आज बस्दै


 


काठमाडौ , चैत्र २७
असन्तुष्ट मधेशी मोर्चाको मागलाई सम्बोधन गर्नका लागि सरकारले संसदमा पेश गर्ने भनिएको नयाँ संशोधन विधेयकलाई अन्तिम रुप दिन मन्त्री परिषदको बैठक आज बस्दैछ । सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यलयमा आज बस्ने बैठकले सिमांकनको विषयलाई हटाएर स्थानीय सरकार प्रमुखको अधिकार कटौती गर्दै तयार पारेको विधेयकलाई स्वीकृत गर्ने तयारी भएको बताइएको छ ।

मन्त्री परिषदबाट विधयेक स्वीकृत भएपछि आजै विधेयक संसदमा दर्ता गदै प्रक्रिया अघि बढाउने तयारी भएको कानुनमन्त्री अजय शंकर नायकले जानकारी दिनुभयो । नयाँ संशोधन प्रस्ताव तयार पार्नका लागि कानुनमन्त्री नायकलाई जिम्मा दिइएको थियो ।

आजको बैठकबाट संसदमा यसअघि दर्ता भएको संशोधन विधेयकलाई फिर्ता लिने निर्णयसँगै नयाँ संशोधन विधेयक अनुमोदन गरेर दर्ता प्रक्रिया अघि बढाउने सम्बन्धमा निर्णय हुने जनाइएको छ ।

सरकारले यसअघि संसदमा दर्ता गरेको संशोधन विधेयकमा उल्लेख गरिएको सीमांकनको विषय हटाएर थप दुई विषय समेट्दै नयाँ संशोधन विधेयक तयार पारेको छ ।

सरकारले तयार पारेको नयाँ संशोधन विधेयकमा सीमांकनको विषयलाई हटाउदै संविधानको धारा २७४ परिमार्जन र स्थानीय तह प्रमुख र उपप्रमुखले पाएको माथिल्लो हाउसको मतअधिकार कटौती गरेको छ ।

प्रकाशित मिति: २७ चैत्र २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्