भोजपुरमा प्रथम मैयुङ स्कार्इ दाैड हुँदै


 


काठमाडाैं, चैत्र २७

पूर्वि पहाडी जिल्ला भोजपुरमा प्रथम भोजपुर–मैयुङ स्कार्इ दाैड प्रतियाेगिता हुने भएकाे छ । मैयुङ–हाँसपाेखरी महाेत्सवकाे अवसर पारेर दाैड प्रतियाेगिता हुन लागेकाे हाे ।

भाेजपुरकाे गाैरव र समृद्दिमा सहयाेग पुर्याउने उदेश्यले दाँवाली मिलन क्लब काठमाडाैंकाे समन्वय र विभिन्न संघ संस्थाकाे सहयाेगमा दाैड प्रतियाेगिताकाे अायाेजना गरिएकाे क्लबका अध्यक्ष राेशन श्रेष्ठले बताउनुभयाे ।

दाैडकाे रिमाचुङ एजुकेशन एण्ड स्पाेर्टस एकाडेमी भाेजपुर स्थानीय अायाेजक र नेपाल माउण्टेन स्कार्इ रनिङ एशाेसियसन काठमाडाैंकाे प्राविधिक सहयाेग रहेकाे छ ।

दाैडका लागि यतिबेला भाेजपुरमा नाम दर्ता धमाधम भर्इरहेकाे छ । नाम दर्ताे भाेलि (साेमबार) सम्म रहेकाे स्थानीय अायाेजक पाविहाङ रार्इले बताउनुभयाे ।

प्रतियाेगिता बैशाख १ गते हुँदैछ । महाेत्सव पनि १ गतेबाट नै सुरू हुँदैछ । तीन दिनसम्म चल्ने महाेत्सवमा याे दाैड मुख्य अाकर्षण मानिएकाे छ ।

विश्व अल्ट्राधाविका मिरा रार्इकाे गृह जिल्लामा पहिलाेपटक हुन लागेकाे याै दाैड प्रतियाेगितालार्इ भाेजपुरबासीले जिल्लाकाे गाैरब र प्रतिष्ठाकाे रूपमा लिएका छन् ।

भाेजपुर सदरमुकामकाे टुँडिखेलबाट सुरू हुने दाैड मैयुङ डाँडामा पुगेर दूरी पार हुने अायाेजकले बताएका छन् । दाैड प्रतियाेगिताकाे दूरी ३० किलाेमिटर रहेकाे छ भने ३ हजार ३ सय २३ मिटरकाे उचार्इमाे याे ठाउँ छ ।

प्रतियाेगितामा प्रथम हुनेेले २५ हजार, दाेस्राेले १५ हजार र तेस्राेले १० हजार नगद प्राप्त गर्नेछन् । त्यस्तै प्रतियाेगिताका सहभागी सान्तवना खेलाडीलार्इ नगद पाँच हजार उपलब्ध गराइने अायाेजककाे भनाइ  छ ।

प्रकाशित मिति: २७ चैत्र २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्