एमाले काठमाडौंमा भाँडभैलो


 


काठमाण्डौ,  चैत्र २७

नेकपा एमालेभित्र नेतृत्वमा रहेको विवाद समानान्तर कमिटी गठनसम्म पुगेको छ । नेतृत्वको टकरावका कारण काठमाडौं जिल्लाको अधिवेशन समेत हुन सकेको छैन । सात बर्ष बितिसक्दा समेत अधिवेशन हुन नसकेपछि अध्यक्ष केपी ओली पक्ष र माधवकुमार नेपाल पक्षबीच विवाद चुलिएको छ ।

पार्टीको विधानअनुसार तीन – तीन बर्षमा हुनुपर्ने जिल्ला अधिवेशन विवादको कारण सात बर्ष बितिसक्दा पनि हुन सकेको छैन । गुठगतरुपमा झ्याँगिदै आएको एमालेको विवाद काठमाडौं जिल्ला कमिटीमा समानान्तर कमिटी गठनसम्म देखिएको छ । कृष्ण राई अध्यक्ष रहेको जिल्ला कमिटीको विरुद्ध बसन्त मानन्धरको नेतृत्वमा अर्को समानान्तर समिति गठन हुने भएको छ । कृष्ण राई अध्यक्ष ओली पक्षका हुन भने मानन्धर नेपाल पक्षका हुन ।

यो खबर हामिले आजको नेपाल समाचारपत्र दैनिकबाट लिएका हौँ ।

प्रकाशित मिति: २७ चैत्र २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्