नेपाली रुपैंयाँ बलियो, डलर कमजोर


 


काठमाण्डौ,  चैत्र २७

परिवर्तनीय(संसारका धेरैजसो मुलुकमा साटिने) विदेशी मुद्रा अमेरिकी डलरको भाउ २० महिना यताकै कमजोर बनेको छ । निरन्तर रुपमै कमजोर बन्दै गएको नेपाली रुपैंयाँ पछिल्लो समय भने डलरको तुलनामा बलियो अवस्थामा देखिएको छ । अमेरिकी डलर कमजोर बन्दै जाँदा नेपाली रुपैंयाँ बलियो बन्न पुगेको छ ।

नेपाल राष्ट्र बैंकले शनिबारका लागि एक अमेरिकी डलर बराबर १०२.४० पैसा खरिद मुल्य र विक्री मुल्य १०३.०३ तोकेको छ । यो २० महिना यताकै नेपाली रुपैंयाँका तुलनामा कमजोर हो । अमेरिकाले पछिल्लो समय सिरियामा श्रृखंलाबद्ध आक्रमण बढाउँदैं गएपछि विश्व बजारमै डलर कमजोर बनेको छ ।

अमेरिकी डलर कमजोर बन्दै जाँदा डलरको तुलनामा नेपाली रुपैंयाँ बलियो बनेको हो । गत बर्षको फागुन पहिलो साता डलरको भाउ अहिलेसम्मकै उच्च र १ सय ९ रुपैंयाँ ७७ पैसा पुगेको थियो ।

यो खबर हामिले आजको नागरिक दैनिकबाट लिएका हौँ ।

प्रकाशित मिति: २७ चैत्र २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्