आइपिएलमा बैंग्लोरको पहिलो जित


 


काठमाण्डौ,  चैत्र २७

इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत शनिबार राति भएको खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरले दिल्ली डेरडेभिल्सलाई १५ रनले हराएको छ । बैंग्लोरमा भएको खेलमा १ सय ५८ रनको लक्ष्य पछ्याएको दिल्लीले पूरै ओभर खेल्दै ९ विकेटको क्षतिमा १ सय ४२ रन मात्र बनाउन सक्यो ।

ऋषव पन्तले ५७ रन बनाए पनि अरुले गतिलो ब्याटिङ्ग गर्न नसक्दा जाहिर खान नेतृत्वको दिल्ली पराजित भयो । घरेलु मैदानमा पहिले ब्याटिङ गरेको बैंग्लोरले २० ओभरमा ८ विकेट गुमाएर १ सय ५७ रन बनायो । उसका लागि केदार जाधवले ६९ रन बनाए । विराट कोहली र एभिडि भिलियर्स नखेलेको बैंग्लोरका लागि क्रिस गेल र शेन वाट्सनले पनि राम्रो प्रदर्शन गर्न सकेनन् ।

तर जाधवले ३७ बलमा ५ छक्का र ५ चौका प्रहार गर्दै टिमको स्कोर उकासेका थिए । बैंग्लोरको यो आइपिएलमा पहिलो जित हो । उद्घाटन खेलमा साबिक विजेता सनराइजर्स हैदरावादले बैंग्लोरलाई हराएको थियो ।

प्रकाशित मिति: २७ चैत्र २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्