सुत्केरी महिलाको मृत्यु


 


पाँचथर, चैत्र २६

सुरक्षित प्रसूति सेवाको अभावमा फाल्गुनन्द गाउँपालिका–१ मा एक महिलाको ज्यान गएको छ । मृत्यु हुनेमा ४० वर्षीया पूर्णमाया लिम्बू रहेकी छिन् ।

घरमै बच्चा जन्माए पनि सालनाल नझरेपछि उनलाई स्थानीय स्वास्थ्य चौकी नवमीडाँडामा भर्ना गरिएको थियो । त्यहाँ सालनाल नझरेपछि थप उपचारका लागि जिल्ला अस्पताल ल्याउँदै गर्दा शुक्रबार राति बाटोमै मृत्यु भएको स्थानीयवासी दीपक दुलालले जानकारी दिनुभयो ।

प्रकाशित मिति: २६ चैत्र २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्