अध्यक्ष ओली उपचार गर्न बैंकक प्रस्थान


 


काठमाडौँ, चैत्र २६

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली उपचारका लागि आज थाइल्यान्डको बैंकक प्रस्थान गर्नुभएको छ । उहाँ नियमित उपचारका क्रममा बैंकक जानुभएको उहाँका प्रेस संयोजक चेतन अधिकारीले जानकारी गराउनुभयो ।

उहाँ दिउँसो थाई एयरवेजको विमानबाट श्रीमती राधिका शाक्य र भतिजा राजेश बज्राचार्यसहित बैंकक जानुभएको हो । पछिल्लोपटक भदौ अन्तिम साता उहाँ उपचारका क्रममा बैँकक जानुभएको थियो ।

उहाँ उपचार गरेर एकसातापछि स्वदेश फर्कनुहुने प्रेस संयोजक अधिकारीले बताउनुभयो । मिर्गौला प्रत्यारोपण गरेपछि अध्यक्ष ओली पटक पटक नियमित उपचारको क्रममा बैंकक गइरहनुभएको छ ।

प्रकाशित मिति: २६ चैत्र २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्