आजदेखि पहिलोपटक आर्थिक गणना हुँदै


 


काठमाण्डौ , चैत्र २६

नेपालमा पहिलोपटक आजदेखि आर्थिक गणना हुने भएको छ । आर्थिक कारोबार गर्ने व्यक्तिहरुको जनसङख्यालाई आधिकारीक तुल्याउन आर्थिक गणना गर्न लागिएको हो । त्यसका लागी प्रश्नावली तयार , प्रश्नावलीको परिक्षण लगायतका काम सकिएको तथ्याङक विभागले जनाएको छ ।

पहिलो चरणमा आजबाट सबै जिल्लामा एकैसाथ पाईलटिङ कार्यक्रमअन्तरगत आर्थिक गणना गर्न लागीएको विभागका निर्देशक अनिल शर्माले जानकारी दिए । यसका लागी विभागले यसअघि नै एक करोड रुपैयाँ बजेट विनियोजन गरिसकेको छ । शर्माका अनुसार बि।स। २०७५ साल बैशाख १८ गतेदेखि आर्थिक गणनालाई तीव्ररुपमा अघि बढाईने छ ।

विभागले आफ्नो मातहतका ३३ वटा कार्यलय रहेको र ६६ वटा जिल्लामा ६ हजार ६ सय जनाको स्याम्पलिङका रुपमा गणना गरिने जनाएको छ । आर्थिक गणनाका लागि १७ वटा आधार बनाईएको छ ।

जसअन्तरगत यातायात , शिक्षा , स्वास्थ्य सेवाहरु , उद्योग ,व्यापार लगायत रहेका छन् । कृषि र वन , घरायसी काम , सरकारी सेवाहरु , दुतावासका कामको भने गणना नहुने निर्देशक शर्माले बताए । स्थानीय निकायको चुनाव अघि नै गणना सक्ने लक्ष्य राखिएको बताए ।

प्रकाशित मिति: २६ चैत्र २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्