जबरजस्ती रकम असुल गर्ने पक्राउ


 


काठमाण्डौ, चैत्र २६

महानगरीय प्रहरी अपराध महाशाखाले जबरस्ती रकम असुल गर्ने एक जनालाई पक्राउ गरेको छ । महाशाखाबाट बिहीबार खटिएको टोलीले काठमाडौं उपत्यकाका विभिन्न ठाउँका व्यवसायीसँग जबरस्ती रकम असुल गरेको भन्दै काभ्रे घर भई पुरानो बानेश्वर बस्ने योगेन्द्र लामालाई पक्राउ गरेको हो । उनलाई महाशाखाले शुक्रबार सार्वजनिक गरेको हो ।

लामाले सुमन पुडासैनी, युवराज स्याङ्तानलाई धारिलो हतियार देखाई  सात हजार रुपैयाँ, आइफोन, सामसुङ मोबाइल लुटेको र २०७० सालमा सीताराम श्रेष्ठ र सुवास राउतलाई खुकुरी प्रहार गरी घाइते बनाई ज्यान मार्ने घटनामा सङ्लग्न रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २६ चैत्र २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्