कोलकाताको शानदार जित


 


काठमाण्डौ, चैत्र २६
इन्डियन प्रिमियर लिग लिग आइपिएल क्रिकेट मा कोलकाता नाइट राइडर्सले गुजरात रालयन्सलाई ३१ बल बाँकी छँदै १० विकेटले हराएको छ ।  कीर्तिमानी जित निकाल्न १ सय ८४ रनको लक्ष्य कोलकाताले १४ ओभर ५ बलमा विकेट नगुमाइ भेट्टाएको हो ।

कोलकातालाई जिताउन क्रिस लायनले ४१ लमा नटआउट ९३ रन बनाए । उनले ८ छक्का र ६ चौका बनाएका थिए । यस्तै कप्तान गौतम गाम्भिरले ४८ बलमा नटआउट ७६ रन बनाए । १२ चौका प्रहार गरे ।  गाम्भिर र लायनले आइपिल क्रिकेटमा पहिलो विकेटका लागि सर्वाधिक रन साझेदारीको रेकर्ड पनि बनाएका छन् । यसअघि यो रेकर्ड क्रिस गेल र दिलसानको नाममा थियो ।

उनीहरुले १ सय ६७ रनको साझेदारी गरेका थिए ।  यसअघि टस हारेपछि ब्याटिङमा आएको गुजरातले निर्धारित २० ओभरमा ४ विकेट जाँदा १ सय ८३ रन बनाएको थियो । गुजरातका लागि सुरेश रैनाले ५१ बलमा ६८ रन बनाए ।

दिनेश कात्तिकले २५ बलमा ४७ रन साथै ब्रेन्डन म्याकुलमले २४ बलमा ३५ रन बनाए । कोलकाताका कुलदीप यादवले दुई, ट्रेन बोल्ट र पियुस चावलाले एक एक विकेट लिए ।

प्रकाशित मिति: २६ चैत्र २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्