धनगढी प्रिमियर लिग क्रिकेटको तयारी पुरा


 


काठमाडौं ,चैत्र २५

सर्वाधिक पुरस्कार राशिको ‘सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग’ (डिपिएल) क्रिकेटको सम्पूर्ण तयारी पूरा भएको छ । आयोजक धनगढी क्रिकेट एकेडेमी र सुदुरपश्चिमाञ्चल ऐकेडेमीले धनगढीमा पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको सम्पूर्ण तयरी पुरा भएको जानकारी दिएको हो ।

यही चैत २७ देखि बैशाख ०९ सम्म आयोजना हुने डिपिएल क्रिकेटमा सहभागि ६ मध्ये केही टोली धनगढी पुगेर अभ्यास सुरु गरिसकेका छन् । प्रतियोगितामा विभिन्न ६ शहरका ६ टिमले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगितामा सीवाईसी अत्तरियाको कप्तानी ज्ञानेन्द्र मल्ल, विराटनगर किङ्सको कप्तानी शरद भेषावकर, काठमाडौं गोल्डेन्सको कप्तानी बसन्त रेग्मी, रुपन्देही च्यालेन्जर्सको शक्ति गौचन, कञ्चनपुर आइकोनिकको विनोद भण्डारी र टिम चौराहा धनगढीको कप्तानी पारस खड्काले गर्नेछन् । प्रतियोगिताको उद्घाटन खेलमा नेपाल–११ र धनगढी–११ बीच च्यारिटी खेल हुनेछ ।

सो च्यारिटी खेलबाट खर्च कटाएर बचेको रकम धनगढीमा अन्तर्रा्ष्ट्रियस्तरको क्रिकेट रंगशाला बनाउने महत्वकांक्षी परियोजान ड्रिम फाप्लालाई हस्तान्तरण गरिनेछ । प्रतियोगिताको विजेताले १५ लाख र उपविजेतालाई रु ७ लाख पुरस्कार प्राप्त गर्नेछन् ।

प्रकाशित मिति: २५ चैत्र २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्