माईभ्याली गोल्डकपमा एपिएफ र झापा–११ खेल्दै


 


इलाम, चैत्र २४

विभागीय टिम सशस्त्र प्रहरीको एपिएफ र रमपम झापा–११ इलाममा जारी तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण टुर्वोग माईभ्याली गोल्डपको फाइनल प्रवेशका लागि भिडदै छन्।

टुँडिखेलमा जारी प्रतियोगितामा एपिएफका लागि हारको बदला लिने सुनौलो मौका हुनेछ। एपिएफ दोस्रो संस्करणको माईभ्याली गोल्डकप र मेची नेत्रालय दोस्रो काँकडभिट्टा गोल्डकपमा झापासँग पराजित बन्दै उपविजेता बनेको थियो ।

उत्कृष्ट फर्ममा रहेको झापा राष्ट्रिय खेलाडी कर्ण लिम्बू, देवेन्द्र तामाङ, योगेश गुरुङ, बुद्ध चेम्जोङसहित मैदान उत्रदै छ भने एपिएफ राजेन्द्र राबल, नवीन लामा, रमेश दंगाल, तोप विष्ट, राजु नगरकोटीसहित मैदान उत्रने तयारीमा छ।

एपिएफ राष्ट्रिय खेलाडीले भरिएको सिएमजी संकटामाथि सानदार जित दर्ता गर्दै सेमीफाइनल प्रवेश गरेको हो भने झापाले रुपन्देही–११ लाई ट्राइबेकरमा हराउँदै सेमिफाइनलको यात्रा तय गरेको हो।

एपिएफले भरखरै सम्पन्न सातौ राष्ट्रिय खेलकुदमा नेपाली सेनाको त्रिभुवन आर्मीलाई पराजित गर्दै स्वर्ण पदक प्राप्त गरेको थियो।

प्रकाशित मिति: २४ चैत्र २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्