मधेसी मोर्चालाई फकाउन प्रधानमन्त्रीको नयाँ प्रस्ताव


 


काठमाण्डौ, चैत्र २४

प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय चुनाव बहिष्कार घोषणा गरेको मधेसी मोर्चालाई सहमतिमा ल्याउन अर्को प्रस्ताव राखेका छन् ।प्रधानमन्त्री दाहालले बुधबार मधेसी मोर्चाका दोस्रो तहका नेताहरूसँगको छलफलमा सरकार र मोर्चाको संयुक्त कार्यदलले यसअघि तयार पारेको पाँच बुँदे प्रस्तावलाई संसदमा लैजाने बताएका हुन् ।

उनले पाँचबुँदे प्रस्ताव संसदमा लैजानुअघि संविधान संशोधन विधेयक फिर्ता लिने प्रस्ताव पनि राखेका छन् । यता मोर्चाका नेताले पाँच बुँदे प्रस्ताव पास नहुने स्थितिमा संसदमा लैजानुको कुनै अर्थ नभएको बताएका छन् ।

प्रधानमन्त्रीले मोर्चाले सहमति जनाए सरकारले संसदमा प्रस्तुत गरेको संविधान संशोधन विधेयक फिर्ता लिई पाँच बुँदे प्रस्ताव दर्ता गर्ने आश्वासन दिएको मोर्चाका नेताले बताएका छन् ।

पाँच बुँदे प्रस्तावमा सीमांकन विवाद टुंगो लगाउन शक्तिशाली आयोग गठन गर्ने, दुई र पाँच नम्बर प्रदेशमा स्थानीय तहको संख्या बढाउने, संशोधन विधेयकको प्रदेश सीमा हेरफेर प्रस्ताव थाँती राखेर अन्य विषय पारित गर्ने, स्थानीय तहले बनाउने नियम प्रदेशको कानुन विपरीत नहुने उल्लेख छ ।

यो खबर हामिले आजको नागरिक दैनिकबाट लिएका हौँ ।

प्रकाशित मिति: २४ चैत्र २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्