सरकारी तथ्यांकमा देशभर जम्मा १० हजार बेरोजगार
काठमाण्डौ, चैत्र २४
हरेक दिन अनुमानित १ हजार ५ सय युवा कामको खोजिका लागि विदेसिने नेपालमा देशभर जम्मा १० हजार जनामात्रै बेरोजगार रहेको सरकारी तथ्यांकले देखाएको छ । श्रम विभागले संकलन गरेको बेरोजगारको पछिल्लो तथ्यांकअनुसार देशभर ९ हजार ८ सय ७३ नागरिक मात्र बेरोजगार छन् । यो तथ्यांक आर्थिक वर्ष ०७३÷७४ को ८ महिना अर्थात फागुन मसान्तसम्मको तथ्यांकमा आधारित छ ।
विभागले आफूमाहतका विभिन्न रोजगार सूचना केन्द्रबाट संस्थागत रूपमा बेरोजगारको लगत संकलन गर्दै आएको छ । जसअनुसार फागुन महिनामा मात्रै २ हजार ५ सय ५६ जना बेरोजगारको तथ्याङ्क संकलन भएको छ । माघमा १ हजार पाँच सय २३ जनाले आफू बेरोजगार रहेको भन्दै लगत बुझाएका थिए ।
यो खबर हामिले आजको नयाँ पत्रिका दैनिकबाट लिएका हौँ ।
प्रकाशित मिति: २४ चैत्र २०७३, बिहिबार