बैंग्लोरलाई हैदरावादले हरायो


 


काठमाण्डौ, चैत्र २४

साबिक विजेता सनराइजर्स हैदरावादले इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा विजयी सुरुवात गरेको छ । बुधबार बेलुका घरेलु मैदान भएको उद्घाटन खेलमा हैदरावादले गएको वर्षको उपविजेता रोयल च्यालेन्जर्स बैंग्लोरलाई ३५ रनले हराएको हो ।

हैदरावादले प्रस्तुत गरेको दुई सय ८ रनको लक्ष्य पछ्याएको बैंग्लोरले १९ ओभर ४ बलमा सबै विकेट गुमाएर एक सय ७२ रन बनायो । हैदरावादका आषिश नेहरा, भुवनेश्वर कुमार र रशिद खानले समान दुई दुई विकेट लिए ।

नेहराले आइपिएलको इतिहासमा एक सय विकेट लिइसकेका छन् । उनी आइपिएलमा सय विकेट लिने आठौं खेलाडी बेनका छन् । विराट कोहली बिना खेलेको बैंग्लोरका लागि क्रिस गेलले ३२, केदार जाधवले ३१ तथा ट्रेविस हेडले ३० रन बनाए ।

यसअघि पहिले ब्याटिङ गरेको हैदरावादले चार विकेटको क्षतिमा दुई सय सात रन बनायो । उसका लागि युवराज सिंहले ६२, मोइसिस हेनरिकले ५२ तथा शिखर धवनले ४० रन बनाए ।

प्रकाशित मिति: २४ चैत्र २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्