माईभ्याली गोल्डकपमा पुलिस र आर्मीबीच प्रतिस्पर्धा हुँदै


 


काठमाण्डौ, चैत्र २३

माईभ्याली गोल्ड कप फुटबल प्रतियोगिताको पहिलो सेमिफाईनलमा आज विभागीय टोली पुलिस र आर्मीबीच प्रतिस्पर्धा हुँदैछ । विभागीय डर्बीको खेल इलामको ठुलो टुँडिखेलस्थित मैदानमा अपरान्ह ३ बजेपछि सुरु हुनेछ ।

पुलिसले आयोजक क्लब र लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दीलाई पराजित गर्दै अन्तिम ४ मा स्थान बनाएको हो भने आर्मीले भारत सिलगुढीको क्लबलाई हराउँदै सेमिफाईनलमा प्रवेश गरेको हो ।

युवा खेलाडीको अनुबन्धनसंगै पुरानैमा लयमा फर्कने तयारीमा रहेको पुलिसले जारी सिजनमा धरानको बुढाशुब्बा गोल्डकप जितेको थियो । यता शारिरिक र प्राविधिक रुपमा उत्कृष्ट देखिएको आर्मीले क्षमता अनुसारको खेल मोफसलका प्रतियोगितामा देखाउन सकेको छैन ।

आजको खेलको विजेताले उपाधिका लागि एपीएफ र रमपम झापा ११ बीचको विजेतासंग प्रतिस्पर्धा गर्नेछ । १० टोली सहभागी प्रतियोगिताको विजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

प्रकाशित मिति: २३ चैत्र २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्