अधिकाशं क्षेत्रमा आजपनि बदली
काठमाडौं, चैत्र २३
पश्चिमी वायुको प्रभावका कारण मुलुकका अधिकांश क्षेत्रमा आज पनि बदली हुने जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार कतिपय क्षेत्रमा अझै केही दिन मौसम बदली हुने छ । आज पश्चिमी क्षेत्रका तराई, पहाड र हिमाली क्षेत्रमा बदली हुने महाशाखाकी मौसमविद् शान्ति कँडेलले जानकारी दिए ।
पश्चिमी वायुको प्रभाव भए पनि पश्चिमी क्षेत्रमा वर्षा भने नहुने उहाँको भनाई छ । भोलीदेखि भने पश्चिमी क्षेत्रको वायु कम हुँदै जाने कँडेलले बताउनु भयो ।
स्थानीय वायुका कारण राजधानीलगायत पूर्वी पहाडी क्षेत्रमा बदली हुने अनुमान गरिएको छ । पूर्व क्षेत्रमा बिहान मौसम सफा भए पनि दिउँसोदेखि बदली हुनेछ ।
प्रिमनसुनमा स्थानीय वायु सक्रिय हुँदा पहाडी क्षेत्रमा बदली हुने कँडेलको भनाइ छ । नेपालमा प्रिमनसुनको
प्रकाशित मिति: २३ चैत्र २०७३, बुधबार