बिश्वकै महंगो हिरा एक करोड डलरमा बिक्री


 


एजेन्सी, चैत्र २३

विश्वकै महंगो मानिने गुलाबी रंगको हीरा हङकङ्गमा ७ दशमलव १ करोड अमेरिकी डलरमा बिक्री भई विश्व रेकर्ड कायम गरेको छ । मानव इतिहासमै सबैभन्दा ठूलो मानिने अण्डाकारको यो हीरा ५६ दशमलव ६ कैरेटको छ ।

सन् २०१३ मा जेनेभामा गरिएको यस्तै लीलामीमा यस हीराका लागि एक ब्यापारीले ८ दशमलव ३ करोड अमेरिकी डलर तिर्ने बोलकबोल गरे पनि रकम चुक्ता गर्न सकेका थिएनन् । हीरा हङकङ्गस्थित चो ताइ फुक गहना पसलले किनेको हो ।

प्रकाशित मिति: २३ चैत्र २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्