सिरियामा भएको आक्रमणमा सरकारको संलग्नता रहेको अमेरिकाको आरोप


 



काठमाडौं, चैत्र २३

सिरियामा भएको रसायनिक आक्रमणमा राष्ट्रपति बसर अल–असर सरकारको संलग्नता रहेको अमेरिकाले आरोप लगाएको छ । ५८ जनाको ज्यान जाने गरी उत्तर पश्चिमी इडलिब प्रान्तमा भएको रसायनिक आक्रमणमा असद सरकारको संलग्नता रहेकोमा कुनै शंका नरहेको अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले जनाएको छ ।

इडलिबको खान शेखहोनमा भएको आक्रमणमा धेरैको सास फेर्न समस्या भएका कारण ज्यान गएको मानवअधिकारवादी संस्था सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले जनाएको छ । सिरियाको सरकारी वा रुसी विमानबाट रसायनिक आक्रमण भएको सिरियन अब्जरभेटरी फर ह्युमनराइट्सको भनाई छ । रसायनिक आक्रमणमा परि घाइते भएकाको उपचार भइरहेका बेला लडाकु विमानले रकेट आक्रमण गरेका थिए ।

सिरियाली सेनाले आफूहरुले कुनै पनि किसिमको रसायनिक हतियार प्रयोग नगरेको दाबी गरेको छ । संयुक्त राष्ट्रसंघ तथा अमेरिका, बेलायत, फ्रान्ससहितका विभिन्नदेशले घटनाको निन्दा गरेका छन् । घटनापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विज्ञप्ति जारी गरेर त्यसको निन्दा गर्नुभएको छ । बसर अल–असदले नै यस्तो अमानवीय कार्य गरेको उहाँको भनाई छ ।

विदेश मन्त्री रेक्स टिल्लर्सनले पनि घटनाको निन्दा गर्दै यो बरबरताका पछाडी असदकै हात रहेको बताउनुभयो । पाँच वर्षभन्दा धेरै समयदेखि सिरियामा चलिरहेको युद्वको क्रममा भएको यो अहिलेसम्मकै ठूलो रसायनिक आक्रमण मानिएको छ । मंगलबार बिहानै धेरैजसो मानिस सुतिरहेका बेला इडलिबबाट ५० किलोमिटर पर रहेको बिद्रोही नियन्त्रित खान शेखहोनमा रसायनिक आक्रमण भएको हो ।

प्रकाशित मिति: २३ चैत्र २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्