यूरो ४ गुणस्तरको पेट्रोल विक्रिवितरण आजबाट शुरु
काठमाण्डौ, चैत्र २२
नेपाल आयाल निगमले आजदेखि मुलुकभर यूरोफोर गुणस्तरको पेट्रोल विक्री वितरण गर्दैछ छ । काठमाडौं उपत्यकामा हिजैदेखि युरोफोर गुणस्तरको पेट्रोल विक्री गर्दै आएको निगमले आजदेखि चितवन, नेपालगञ्ज, विराटनर, धनगढी, भैरहवा लगायतका मुख्य शहरमा पनि सोही गुणस्तरको पेट्रोल विक्री गर्न लागको हो ।
आजदेखि यातायात सहज भएका सवै स्थानमा यूरोफोर गुणस्तरको पेट्रोल विक्री भएको निगमका प्रवक्ता सितारम पोखरेलले जानकारी दिए। यसअघि नेपालमा यूरो थ्रि गुणस्तरको पेट्रोल विक्री भईरहेको थियो । भारतीय आयल कर्पोरेशन आईओसीले आफ्ना रिफाईनरीबाट पुर्ण क्षमतामा यूरोफोर मापदण्डको तेल प्रशोधन कार्य शुरु गरिसकको छ ।
नयाँ मापदण्डको पेट्रोलले सवारी साधनको इन्जिनलाई पुर्ण क्षमतामा राख्ने, धुवाँलाई कम गर्न सहयोगी हुने र न्यून प्रदुषणयुक्त मानिन्छ । विकसित मुलुकमा प्रयोग हुँदै आएको सो मापदण्डको पेट्रोल नेपालमा भने ढिलो गरि मात्रै आयत हुन लागेको हो । मुलुकमा दैनिक १० लाख लिटर हाराहारीमा पेट्रोल खपत हुँदै आएको छ ।
प्रकाशित मिति: २२ चैत्र २०७३, मंगलबार