माइभ्याली गोल्डकपमा एपिएफ र संकटा खेल्दै


 


इलाम, चैत्र २२

इलाममा जारी तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण टुबोर्ग माइभ्याली गोल्डकपअन्तर्गत अन्तिम क्वाटरफाइनलमा आज सिएमजी संकटा र विभागीय टोली एपिएफबीच प्रतिस्पर्धा हुँदैछ ।

इलामको ठूलो टुँडिखेलमा हुने खेलमा एपिएफलाई संकटासँगको हारको बदला लिने अवसर हुनेछ । पछिल्लो तीन भेटमा एपिएफलाई संकटाले पराजित गर्दै आएको छ । दुवै टोलीमा अन्तर्रा्िष्ट्रय खेलको अनुभव बटुलेका खेलाडीहरु समावेश छन ।

संकटा गत फागुनमा सम्पन्न तिलोत्तमा गोल्डकपको विजेता तथा सिमरा गोल्डकप, नेपालगञ्ज गोल्डकप र बुढासुब्बा गोल्डकपको उपविजेता हो । संकटाले नेपालगञ्ज गोल्डकप र तिलोत्तमा गोल्डकपको सेमीफाइनल प्रवेशका लागी एपिएफमाथि २–१ को जित निकालेको थियो, भने बुढासुब्बा गोल्डपमा १–० ले विजय हासिल गरेको थियो।

एपिएफ दोस्रो संस्करणको माइभ्याली गोल्डकप र मेची नेत्रालय दोस्रो काँकडभिट्टा गोल्डकपमा झापासँग २–१ ले पराजित बन्दै उपविजेतामा सिमित बनेको थियो ।

प्रकाशित मिति: २२ चैत्र २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्