आज चैते दशैं मनाईंदै


 


काठमाण्डौ, चैत्र २२

आज चैते दशैं पर्व शक्तिस्वरुपा देवी भगवतीको पूजा आराधना गरी मनाईंदैछ । चैते दशैं हरेक वर्षको चैत शुक्ल अष्टमीका दिन मनाउने गरिन्छ । आसुरी शक्तिमाथि दैवीशक्तिको जित तथा असत्यमाथि सत्यको विजयका रुपमा यस पर्वलाई मनाउने गरिएको छ ।

वर्षमा दुई पटक चैत र असोजमा मनाइने दशैंका अवसरमा गरिने दुर्गा पूजाको पनि विशेष महत्व छ । यस दिन घरघर र देवीका मन्दिरमा देवीभागवत, कालिका पुराणलगायत स्तोत्र पाठ गरिन्छ ।

चैते दशैंको दिन काठमाडौंको दक्षिणकाली, शोभाभगवती, गुहेश्वरी, नक्साल भगवती, संकटा, कालिकास्थानका साथै गोरखाको मनकामना, गोरखकाली, काभ्रेको पलाञ्चोक भगवती, पोखराको विन्धबासिनीलगायत देशभरका शक्तिपीठहरुमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ ।

प्रकाशित मिति: २२ चैत्र २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्