युनिभर्सिटी कप क्रिकेट प्रतियोगीता हुँदै


 


काठमाण्डौ, चैत्र २२

युनिभर्सिटी क्रिकेट क्लबको आयोजनामा आज देखि युनिभर्सिटी कप क्रिकेट हुने भएको छ । त्रिवी क्रिकेट मैदानमा २९ गतेसम्म हुने प्रयिोगितामा १६ कलेजले खेल्ने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले १ लाख र उपविजेताले ५० हजार रुपैयाँ पाउने छन् ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने ५ खेलाडी र उदयमान अन्य ३ खेलाडीलाई ग्रेट हिमालय क्रिकेट एकेडेमीले एक वर्षसम्म निःशुल्क प्रशिक्षण र प्रतियोगिताहरू खेलाउने छ भने, केही उत्कृष्ट खेलाडीलाई खेल सामाग्री दिइने पनि आयोजकले जनाएको छ ।

आउँदो वर्षदेखि कलेज र युनिभर्सिटी स्तरको लिग खेल खेलाउने पनि तयारी भइरहेको छ ।

प्रकाशित मिति: २२ चैत्र २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्