पहिरोमा २५० भन्दा बढीको मृत्यु


 


एजेन्सी,चैत्र २१

कोलम्बियामा हिजो गएको भयानक पहिरोमा परी २५० जनाभन्दा बढीको ज्यान गरेको छ भने १०० जना जति वेपत्ता भएका छन् ।

सरकारले सम्पूर्ण राज्य संयन्त्र उद्दार कार्यका लागि परिचालन गरेका छ । दुई दिन अघि परेको मुसलधारे वर्षाका कारण कोलम्बियाको मोकोआ शहर नजिकका ३ नदीबाट पानि बाहिर गएपछि पहिरो गएको थियो ।

कोलम्बियाको सेनाले अहिलेसम्म २५४ जनाको निधन र ४०० घाइते भएको बताएको छ। उता रेडक्रसले भने २३४ जनाको निधन भएको र १५८ हराइरहेको बताएको छ।

कोलम्बियाका राष्ट्रपति जवान म्यनुएल् सान्टोसले आपतकाल घोषणा गरेका छन्। उक्त घटनामा मृत्यु हुनेमा ४२ बालबालिका छन्

प्रकाशित मिति: २१ चैत्र २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्