नयाँ शक्तिलगायतका दलहरु आज पनि धर्नामा


 


काठमाण्डौ, चैत्र २१

नयाँ शक्ति सहितका दलहरुले निर्वाचनका लागि दलीय चुनाव चिन्ह पाउनुपर्ने माग गर्दै आज पनि निर्वाचन आयोगमा धर्ना दिएका छन् । आयोगको काठमाडौंको बिजुली बजारमा रहेको मध्यमाञ्चल क्षेत्रीय कार्यालयमा दलहरुले धर्ना दिएका हुन् ।

आइतबार निर्वाचन आयोगको केन्द्रीय कार्यालयमा भएको धर्नामा प्रहरीले ज्यादती गरेको विरोध र निर्वाचन चिन्ह पाउनुपर्ने माग गर्दै धर्ना बसेका प्रर्दशनकारीहरुले सरकारविरुद्ध चर्को नाराबजी गरेका थिए ।

उनीहरुले प्रधानमन्त्री पुष्पकमल दाहालले नियोजित रुपमै यस्तो ऐन बनाएको भन्दै उनको राजीनामा मागेका थिए ।

प्रकाशित मिति: २१ चैत्र २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्