चितुवा पसेपछि त्रिभुवन विमानस्थल बन्द


 


काठमाण्डौ , चैत्र २१

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भित्र चितुवा पसेपछि विमानस्थल बन्द गरिएको छ । आज बिहान करिव ७ बजेतिर धावनमार्गमा चितुवा पसेपछि विमानस्थल बन्द गरिएको अन्तर्राष्ट्रिय टर्मिनलका कर्मचारीले जानकारी दिएका छन् ।

बिहान ७ बजेतिर धावन मार्गमा चितुवा देखिएको विमानस्थल कर्मचारीले बताएका छन् । चितुवा देखिने वित्तिकै सुरक्षाकर्मी र विमानस्थलमा रहेका सिकारीलाई खबर गरिएको थियो । अहिले चितुवा नदेखिएकोलृ सुरक्षाकर्मी र सिकारी मिलेर चितुवाको खोजी कार्य जारी छ ।

कर्मचारीका अनुसार विमानस्थल अनिश्चितसमयसम्म बन्द गरिएको छ । चितुवाको वस्तुस्थिति थाहा नलागुन्जेल विमानस्थल बन्द हुने बताईएको छ ।

यसले गर्दा आन्तरिक र अन्तर्राष्ट्रिय उडान र अवतरण प्रभावित भएका छन् । अहिले अवतरणको लागि एरयर अरेबिया र ड्रुक एयर आएका थिए । दुवै जहाज आकाशमा होल्ड छन् भने जेट एयरवेज उड्ने तयारीमा थियो । जेटका सबै यात्रुहरु बोर्डिङ भइसकेपनि चितुवा आएका कारण रोक्किएका छन् ।

प्रकाशित मिति: २१ चैत्र २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्